nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहकर्मी श्रेष्ठ सहित दुई पत्रकार वन प्राविधिक पत्रकारिता पुरस्कारबाट सम्मानित

मकवानपुर बन प्राविधिक वातावरण पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकारद्वय अशोक सुजन श्रेष्ठ र शिव बियोगी चौलागाई सम्मानित भएका छन् । पत्रकार श्रेष्ठ विकासखबर डटकमका सहकर्मी हुन् । मकवानपुर बन प्राविधिक समाजले छैठौँ बार्षिक साधारण सभामा पुरस्कारबाट श्रेष्ठ र चौँलागाईलाई संयुक्त रुपमा सम्मानित गरेको हो । वन र वातावरण संरक्षणको क्षेत्रमा जनसहभागिता जुटाउन तथा तथ्यपरक सूचना सम्प्रेषण गरि जनताको सुचनाको हक स्थापित गरि सहभागितामूलक वन व्यबस्थापन पद्धती कार्यान्वयन गराउँन भुमिका खेलेको भन्दै सम्मानित गरिएको हो । पुरस्कारको नगद राशी ११ हजार एक सय ११ रुपैँया रहेको छ ।
त्यस्तै, मकवानपुर बन प्राविधिक श्रृजनशील पुरस्कारबाट मिलन्चो सामुदायिक बन उपभोक्ता समूह चित्लाङ्गका संस्थापक अध्यक्ष सन्तलाल नेवाःलाई सम्मानित गरिएको छ । पुरस्कारको राशी पाँच हजार पाँच सय ५५ रुपैँया रहेको छ ।
उद्घाटन मकवानपुरका जेष्ठ बन प्राविधिक प्रकाशचन्द्र नेपालको प्रमुख आतिथ्य तथा मकवानपुर बन प्राविधिक समाजका अध्यक्ष बिष्णुप्रसाद आचार्यको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा बन प्राविधिक समाजका महासचिव नवराज पुडासैनीले साँङ्गठनिक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बन प्राविधिक समाजका कानुनी सल्लाहकार कृष्णप्रसाद दाहाल, सल्लाहकार सदस्य प्रबिण बिडारी, उपाध्यक्ष बसन्तराज गौतम, अस्मिता नेपालकी आरती पाठक, लगाएतले मन्तव्य व्यक्त गर्नुभयो ।


यसैबिच, मकवानपुर बन प्राविधिक समाजको सभाले पुष्पराम थापाको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बसन्तराज गौतम, उपाध्यक्ष(महिला)मा राधिका शर्मा, महासचिवमा शम्भुप्रसाद नेपाल, कोषाध्यक्षमा लिलु मगर, सचिवमा सरोज राई र सदस्यहरुमा बिमल राउत, बद्री पण्डित, मदनप्रसाद बर्मा, सस्मीता श्रेष्ठ, कर्मठ तामाङ्ग र हरि खड्का रहेका छन् । तीन सदस्य पछि मनोनित गरिने बताईएको छ ।