nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रवाराही बचत तथा ऋण सहकारी संस्था मकवानपुरकै उत्कृष्ट

BB-1542011253.jpg

मकवानपुर थाहा नगरपालिकाको बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिल्लाकै उत्कृष्ट भई पुरसकृत भएको छ । 

थाहा नगरपालिका वडा नं. ६ बज्रवाराहीमा रहेको सहकारीलाई जिल्ला बचत तथा ऋण सहकारी संघले २०७५ सालको उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको अध्यक्ष फणिन्द्र सुवेदीले जानकारी दिए । हेटौंडामा भएको कार्यक्रममा प्रदेश–३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सम्मान गरेका हुन् । वर्षेनी संघले गर्ने सम्मानमा यो वर्ष बज्रवाराही सहकारी परेकोमा सचिव रविन्द्र विडारीले खुशी व्यक्त गरे । उनले सहकारीलाई यो अवस्थासम्म पु¥याउन योगदान गर्ने सशकारीका शेयर सदस्य, कर्मचारी तथा सम्पूर्णप्रति आभार व्यक्त गरे ।

वि.सं. २०६६ साल साउनमा स्थापना भएको सहकारीको साविक, बज्रवाराही, चित्लाङ र माखूृ कार्यक्षेत्र रहेको व्यवसथापक रञ्जित अर्यालले जानकारी दिए । बज्रवाराही बचत तथा ऋण सहकारी नागरिक माझ लोकप्रिय रहेको सहकारीका ऋण सहायक राम विष्टले प्रतिक्रिया दिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)