nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रबाराही सहकारीको साधारण सभा

बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको ७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य तथा मध्यमाञ्चल संयोजक दिपक पनेरुको प्रमुख आतिथ्यता तथा बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र सुवेदीको सभाध्यक्षतामा सभा भएको हो । 
प्रमुख अतिथि पनेरुले अरु सहकारी भन्दा फरक र उदाहरणीय काम गरेर अघि बढ्न सल्लाह दिएका छन् । सेयर सदस्यहरुले संस्थाको हरेक कार्यमा निगरानी राख्न जरुरी रहेको भन्दै व्यवस्थापनमा दक्ष र अनुभवी कर्मचारी हुनु पर्ने र पारदर्शी ढङगले अघि बढ्न उनको आग्रह थियो । 
नेपाल कृषि सहकारी केन्द्रिय संघका लेखा समिति संयोजक महेश्वर सुवेदीको विशिष्ट आतिथ्यमा भएको सभामा सस्थाका उपाध्यक्ष धु्रवकुमार भटटले स्वागत मन्तव्य राखेका थिए । 
संस्थाले आर्थिक वर्ष २०७२÷०७३ मा २ करोड २१ लख ३१ हजार ९ सय ८२ रुपैंयाको कारोबार गरेको छ भने आर्थिक वर्ष ०७३÷०७४ मा ३ करोडको कारोबार गर्ने लक्ष्य राखेको छ ।