Wednesday, 17th June, 2026
वि.स.

बकैया गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी बनाउँदै

bakaiya-gaupalika-1600095484.jpg

मकवानपुरको बकैया गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी निर्माण गर्ने भएको छ । स्थास्थ्यमा पहुँच नभएका कारण गाउँगाउँमा मानिस रोग लुकाएर बस्न बाध्य रहेको अवस्थामा गाउँपालिकाले एकै साथ ८ वटा बडामा स्वास्थ्य चौकी भवन निर्माण थालेको अध्ययक्ष दामोदर खनालले बताए ।

‘यसै वर्षभित्र स्वास्थ्य चौकी निमाणको काम सक्ने गरी काम अघ बढाएका छौं,’ उनले भने, ‘गाउँपालिकाभित्र स्वास्थ्यमा पहुँच भएन भन्ने अवस्था आउन नदिने लक्ष्यका साथ काम थालेका छौं ।’ 

अध्यक्ष खनालका अनुसा १ र ६ नम्बर वडामा स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न भइसकेको छ । वडा नम्बर ३ र ७ मा भने भवन निर्माणका लागि शिलान्यास भइसकेको उनले बताए । वडा नम्बर ५, ८, १०, ११ मा पनि स्वास्थ्य चौकी भवन निर्माणका लागि ठेक्का आवहन भइसकेको र छिट्टै काम पनि सुरु गर्ने तयारी थालिएको उनको भनाइ छ ।

साविक गाविसहरुमा भएका स्वास्थ्थ चौकीहरुलाई कायम राख्दै नभएका वडाहरुमा स्वास्थ्य चौकी निर्माणका लागि न्यूनत्तम ३७ लाख रुपियाँ छुट्याइएको उनले बताए । बैकैया गाउँपालिका घोषणा हुनअघि नै वडा नम्बर २, ४, र ९ मा स्वास्थ्य चौकी सञ्चालनमा थिए । सोमबार ठेक्का सम्भौता भएपछि वडा नम्बर ३ हात्तीसुँडे र ७ भीरकोटमा पनि स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यासको काम भइसकेको अध्यक्ष खनालले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०