Saturday, 20th June, 2026
वि.स.

बकैयालाई बालमैत्री गाउँपालिका घोषणा गर्न अनुमती प्रदान गर्ने निर्णय

jisasa-1612514110.jpg

 जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त स्थानीय तह घोषणा गर्न अनुमती प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिको मंगलबार बसेको ७२औं बोर्ड बैठकले गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त स्थानीय तह घोषणा गर्न अनुमती प्रदान गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम गाउँपालिका भित्रका १२ वटा वडाहरु बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यान्वयन घोषणाको प्रक्रियामा विगत देखी नै कार्य गदै आएको र बालमैत्री स्थानीय तह हुनको लागी तोकिएको मापदण्ड तथा संस्थागत व्यवस्थाहरु पुरा गरेको प्रतिवेदनका आधारमा जिससबाट अनुगमन गर्दा गाउँपालिकाको सम्पूर्ण वडाहरु तथा गाउँपालिका समेतबाट निर्धारित सूचक तथा मापदण्ड पुरा गरेको पाइएकोले घोषणाको अनुमति दिईएको हो । गाउँपालिकालाई बालमैत्री रणनीतिक योजनालाइ निरन्तरता दिन समेत अनुरोध गर्दै हाल सम्मको प्रगतिका आधरमा बालमैत्री स्थानीय शासन युक्त स्थानीय तह घोषणा गर्न अनुमती प्रदान गरिएको उनले जानकारी दिए ।

त्यस्तै बैठकले जिससले नियमित प्रकाशन गर्दै आएको ‘मकवानपुर’ नामक पुस्तक प्रकाशन गर्ने र सो को लागि जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा सम्पादक मण्डल गठन गर्ने निर्णय गरेको छ । पुस्तकमा जिससका आर्थिक कार्यक्रम, पालिका र कार्यालयहरुले जिल्ला भित्र गरेका नविन प्रयास, सफलताका कथा समन्वयकारी सुशासन सम्बन्धि लेख रचनाहरु, जिससका अनुगमन प्रतिवेदन अध्ययन अनुसन्धान प्रकाशन गर्ने र यो वर्ष मकवानपुर पुस्तक शिर्षकमा “शासकिय समन्वयमा जि।स।स।” उपशिर्षक थप गर्ने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले तत्कालिन जिल्ला विकास समितिले मर्मतको लागि काठमाण्डौंको लगिएको बा १ झ ७२५२ नम्बरको हुण्डाई जिप मर्मत हुन नसकेर थन्किएको हुँदा उक्त गाडी जे जस्तो अवस्थामा छ सोहि अवस्थामा हेटौंडा ल्याई कुनै उपयुक्त र सुरक्षित स्थानमा राखि गाडीको हालको अवस्था मूल्यांकन गरी प्रचलित कानून बमोजिम लिलामी प्रक्रिया अघि बढाउन समेत कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकमा जिसस उप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, सिता अधिकारी, बुद्धिबहादुर मोक्तान, चित्रबहादुर बलामी, सरिता बिक, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०