Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

फोनिज प्रदेश–३ पार्षदमा पत्रकार भुजेल सहित चार जना छानिए

जनजाति पत्रकार महासंघ मकवानपुरले प्रदेश–३ को भेलाको लागि चार जना प्रदशे पार्षद छनोट गरेको छ । 

प्रदेश भेलाको लागि प्रतिनिधि पठाउने सम्बन्धमा १८ फागुनमा भएको भेलाले सुरजकुमार भुजेल,  दिलबहादुर रुम्बा, रञ्जिता डंगोल र सुर्वण श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । भेलाले प्रदेश पर्यवेक्षकमा दुदुमाया सिन्तान छनोट भएकी छिन् ।

कार्यक्रममा जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष तथा ३ नं। प्रदेश पत्रकार महासंघका महासचिव कृष्ण सारु मगर, जनजाति महासंघ मकवानपुरका तिर्थ थापा मगर, जनजाति पत्रकार महासंघ मकवानपुरका कार्यसमितिहरु र जनजाति पत्रकारहरुको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०