Monday, 15th June, 2026
वि.स.

फेला पारेको बाइक पालुङ प्रहरीले बुझायो बाइक धनीलाई

choriko-bike-1584006496.jpg

इलाका प्रहरी कार्यालयल पालुङले चोरीको मोटरसाइकल फेला पारी २९ फागुन संम्बन्धित धनिलाइ बुझाएको छ। ललितपुर महानगरपालिका वडा न. २१ बस्ने पुस्कर डङगोलकोे बा ८४ प ९९१९ नम्बरको सेतो कालो रङको मोटरसाइकल गत फागुन ६ गते राती घरमा पार्किङ गरेर राखेको समयमा हराएको थियो।

फागुन २६ गते बज्रबाराहीमा कार्यालयबाट खटि गएको प्रहरी गस्ति टोलिले उक्त मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी कार्यालयमा ल्याइ बुझ्ने क्रममा सो मोटरसाइकल पुस्कर डङगोलको नाममा रहेको भेटिएकोले संम्बन्धित धनिलाइ झिकाइ आज मोटरसाइकल बुझाएको हो।

यस अघि विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाइ बुझाउदै आएको इलाका प्रहरी कार्यलयका स.इ बालकृष्ण सिवाकोटीले बताए।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०