Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्सले यस्तो दिइन, प्रवचन

IMG_4068-1542627941.png

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिस पार्कमा फिलिपिन्सका राजकुमारी ३ मंसिरमा आएकी छिन् । उनले उक्त पार्कको अवलोकन गर्नुका साथै मानसिक शान्ति सम्बन्धि प्रवचन सिमेत दिएकी छिन् ।

राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचानाले ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ बिषययमा प्रवच दिएका थिए । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाको सहजीकरणमा बिगत तीन बर्षदेखि सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा पिस पार्क निर्माण भइरहेको छ ।

पिस पार्कभित्र ध्यान केन्द्र, पोखरी, गोलघर, प्रतिक्षालयहरु लगायत भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । सात हेक्टर क्षेत्रमा फैलिएको पिस पार्क निर्माणको लागि मनहरी गाउँपालिका, स्थानीय सामुदायिक वन, तथा विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक लगानी गरेको उछ । पिसपार्कमा सोमबारै हेटौँडाका व्यवसायी ज्योतिरत्न बज्राचार्यले बुद्धको मुर्ति प्रतिस्थापना गरेका छन् ।

कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, नेपाली काँग्रेस तीन नम्बर संसदीय दलका नेता इन्द्र बानियाँ, प्रदेशसभा सदस्य मुनु सिग्देल,गिता वाग्ले लगायत उपस्थित रेहका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०