nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेलमा बाल भेला सम्पन्न

Balbhela-1482577170.jpg

 

फाखेलका बालबालिकाहरुले आफैले आफ्नो योजनाहरु छनोट गरेका छन् । गाउँ बाल संरक्षण समितिको ब्यबस्थापन एवम जिल्ला बिकास समिती र गाउँ बिकास समितिको कार्यालय फाखेलको सहयोगमा शुक्रवार आयोजना गरिएको बाल भेलामा फाखेलमा कृयाशील बाल क्लबका प्रतिनिधिहरुले योजना छनौट गरेका हुन् । विभिन्न बाल क्लब र बिद्यालय स्तरका बाल क्लबमा आवद्ध बालबलिकाहरुको सकृय सहभागीतामा बाल केन्द्रित योजना कार्यान्वयनका लागि सवालको उठान गर्दै बाल बालिका आफैले योजना प्राथमिकीकरण गरेका थिए । सहभागी बाल बालिकाहरुले बाल बिबाह न्यूनिकरण, आकस्मिक बाल कोष, बाल सूचना केन्द्र स्थापना, महिनावारीका क्रममा प्रयोग हुने प्याडको बिसर्जनका लागि आवश्यक ब्यवस्था गरिनु पर्ने जोसिला बाल क्लबकीअध्यक्ष सबिता कार्कीले बताइन । गाउँ बाल संरक्षण समिति फाखेल का अध्यक्ष जीवन लामा को सभाध्यक्षतामा सम्पन्न भेला कार्यक्रम गाविस सचिब एवम् अध्यक्ष राजकुमार सुवेदी को प्रमुख अतिथि तथा प्लान इन्टरनेशनल का बिकास संयोजक बेदबहादुर लामा को बिशेश अतिथि र विभिन्न राजनैतिक पार्टी का प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।गाउँ बाल संरक्षण समितिका सचिब विनोद लामाले सञ्चालन गरेको कार्यक्रममा गाविस सामाजिक परिचालक सुन्दर लामाले सहजीकरण गरेका थिए। आफ्नो मन्तव्य एवम् सहजीकरणका क्रममा कार्यक्रमका सभाध्यक्ष र बिशेश अतिथि द्वयले यस्ता बाल भेला कार्यक्रमले बालबालिका केन्द्रित कार्यक्रम को पहिचान,योजना निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा यस्ता कार्यक्रमहरु आयोजना गरिनु पर्नेमा विशेष जोड दिए।