nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेलमा गरियो खानेपानी संभाव्यता अध्ययन

मकवानपुरको फाखेल गाउँ विकास समितिमा खानेपानीको सहज आपुर्तिका लागि सम्भाव्यता अध्ययन गरिएकोे छ । फाखेलका सबै वडामा खानेपानी पु¥याउने उद्देश्यले फाखेल गाविस स्तरीय खानेपानी उपभोक्ता समितिको अगुवाइमा प्रारम्भिक चरणमा स्थलगत अध्ययन गरेको हो । 

अध्ययनपछि प्रथम चरणमा वडा नंम्बर २ र वडा नंम्बर ७ मा लिफ्टिङ प्रणालीबाट खानेपानीको योजना सञ्चालन गर्न सकिने इन्जिनियर कृष्ण पाण्डेले बताए । खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीवन लामाका अनुसार फाखेल २ सिस्नुडोल गोठ खोल्चा र बनटोलमा ५० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की बनाएर वडा नंम्बर १ र २ को करीब १५० घर धुरी, यस्तै वडा नंम्बर ७ को चखेलमा वडा नंम्बर ५ को पौवा वा सांसद क्षेत्र विकास कोषबाट गरी राखेको डि बोरिङबाट लिफ्िटङ गरि एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की बनाएर करीब ३ सय पचास घर धुरीमा खानेपानी पु¥याउन सकिने छ । 

गत २०७२ वैशाख १२ को भुकम्प र त्यसपछि आएका परकम्पनले फाखेलको विभिन्न बस्तीले उपभोग गर्दै आएको अधिकांश खानेपानीको मुहान सुकेपछि दैनिक जीवनयापन गर्न समेत कठिन हुन थालेको छ । मुहान सुकेपछि फाखेलका बस्तीहरूमा  अन्न नभई पैचोमा खानेपानी चलाउन बाध्य छ्न । केही घरमा बर्षातको पानी संकलन गरी खाने गरेता पनि पर्याप्त मात्रामा पानी नपरिदिदाँ पानी संकलन गर्ने घैटो रित्तिसकेको छ ।

अहिल्यै देखि सोचेर नलागेपछि समस्या झनै जटिल बन्ने हुँदा समयमै सचेत हुन प्लान ईन्टरनेशनल नेपालका बिकास संयोजक बेदबहादुर लामाले सुझाएका छ्न् । प्रारम्भिक चरणको अध्ययनका लागि प्लानको सहयोगमा राडो नेपालका इन्जिनियर र प्राबिधिकहरू २ जना, सिसिडिएन का २ जना, फाखेल गाविस स्तरीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सम्बन्धित वडाका वडा संयोजक, राजनैतिक दलका प्रतिनिधि, सम्बन्धित उपभोक्ताहरु सम्मिलित टोली अध्ययनका लागि जुटेको थियो । योजना संचालन गरि उपभोक्ताहरुलाई खानेपानी वितरण गर्न ठुलै धनराशि खर्च लाग्ने भएको हुँदा उपभोक्ता समितिका अध्यक्ष जीवन लामाले सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाइ आवश्यक सहयोगको अपिल समेत गरेका छन्।

गत पौष १ गते फाखेल गाविस स्तरीय खानेपानी उपभोक्ता समितिको आयोजनामा सरकारी एवम् गैरसरकारी संघ संस्थाहरुसंग खानेपानी सम्बन्धि एक भेला तथा अन्तक्रिया कार्यक्रममा उक्त प्रारम्भिक अध्ययन गर्ने योजना बनाइएको थियोे।

-पुस्कल गोले सागर/फाखेल
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)