Monday, 15th June, 2026
वि.स.

फरार मकवानपुरका वाईवा पुनः पक्राउ

 हिरासतबाट फरार भएका मकवानपुरका सुकुलाल वाईवा पुनः पक्राउ परेका छन् ।

चोरी मुद्धामा फरार रहेको मकवानपुरको थाहानगरपालिका सिस्नेरी ६ घर भई हाल काठमाडौं टोखा बस्ने २१ वर्षीय वाईवा सोमबार बिहान पुनः पक्राउ परेका हुन् । गत साउन २५ गते बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षको झ्यालको रड ह्याक्सो ब्लेडले काटेर फरार भएका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बौद्ध दक्षिण ढोकाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, निजलाई पक्राउ गरी घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०