Tuesday, 16th June, 2026
वि.स.

प्रेस रजिष्ट्रारको कार्यालयले माग्यो सञ्चार प्रतिष्ठानको दरबन्दी श्रमजीवी विवरण

DOIB-1593502251.jpg

 प्रेस रजिष्ट्रारको कार्यालयले आ.व. २०७७/७८ का लागि नेपालभर रहेका सञ्चार प्रतिष्ठानहरु (टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाईन) को दरबन्दी श्रमजीवी विवरण माग गरेको छ । श्रमजिवी पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण प्रयोजनको लागि उक्त विवरण माग गरेको हो ।

सूचना तथा प्रसारण विभागले आज एक सूचना जारी गर्दै श्रमजीवी प्रत्रकासम्बन्धी ऐन, २०५१ तथा नियमावली, २०५३ र प्रेस प्रतिनिधि (प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि, २०७१ को दफा ३३ बमोजिम प्रत्येक वर्ष झैँ नयाँ आ.व.को लागि सबै सञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकार, कर्मचारी, कामदारहरुको विवरण माग गरेको हो ।

सम्बन्धीत सञ्चार प्रतिष्ठानहरुले उक्त विवरण विभागको वेबसाइटमा रहेको अनलाईन सेवामार्फत आफ्नो प्रतिष्ठानको दरबन्दी/श्रमजीवी विवरण आगामी असार मसान्तसम्म पेश गर्न सकिने विभागले जनाएको छ ।

त्यस्तै विभागले दरबन्दी/श्रमजीवी विवरणको साथमा पाँच जनाभन्दा बढि दरबन्दी/श्रमजीवी भएका सञ्चार प्रतिष्ठानहरुको हकमा तलबी विवरण, तलब भुक्तानीको लागि सम्बन्धित बैङ्कलाई लेखिएको बैङ्कद्धारा प्रमाणित पत्रको, सञ्चार प्रतिष्ठान दर्ता प्रमाणपत्र र सो प्रमाणपत्र नवीकरण भएको कागजातसहितको विवरण पेश गर्न भनेको छ ।

दरबन्दी/श्रमजीवी विवरण भर्न यहाँ क्लिक गर्नुहोस् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०