Tuesday, 16th June, 2026
वि.स.

प्राथमिक्ता तोकेर योजना निर्माण गर्न जिसस मकवानपुरको सुझाव

bakaiya-gaupalika_3-1592758323.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट ७ असारमा जिल्लाको पुर्वी बकैया गाउँपालिकाको अनुगमन गरिएको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाको चालु आर्थिक वर्षको समग्र प्रगतिको अवस्थाका विषयमा अनुगमन अनुगमन गरिएको हो । 

सो क्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम तथा आगामी वर्षको निति कार्यक्रम तथा बजेटका विषयमा छलफल समेत भएको थियो । छलफलका क्रममा जिसस प्रमुख खुलालले आगामी वर्षको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा प्राथमिक्ता निर्धारण गरेर छनोट गर्न सुझाव दिए ।  उनले आगामी निति कार्यक्रम तथा बजेट निर्माण गर्दा भौतिक पुर्वाधारसंगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई बिशेष प्राथमिक्ता दिनु सुझाव दिए । बिशेष गरि वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ध्यानमा राखेर रोजगार उन्मुख बजेट निर्माण गर्न उनको सुझाव थियो । 

त्यस्तै प्रमुख खुलालले पुर्वाधार निर्माणमा प्राविधिक पक्षलाई ध्यान दिन, सामाजिक क्षेत्रमा पनि उत्तिकै ध्यान दिन सुझाव दिए । प्रमुख खुलालले आगामी बजेटमा सहयोगापेक्षी सडक मानव व्यवस्थापनका लागि तथा स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि बजेट व्यवस्थापन गर्न सुझाव दिए । विद्यालय शिक्षाका लागि अनलाईन कक्षा व्यवस्थापनका साथै विपद व्यवस्थापनका क्षेत्रमा योजनाबद्ध तयारी गर्न सुझाव दिँदै सुचनाको क्षेत्रमा ठोस योजना निर्माण्त्यस्तै उनले स्थानीय तहको आय बृद्धिका लागि ढुंगा गिट्टी बालुवाको व्यवस्थित रुपमा प्रयोग गर्न आग्ह गरे । छलफलमा उपप्रमुख भगवती पुडासैनीले आन्तरिक आयको बृद्धिमा ध्यन दिँदै लक्षित वर्गका कार्यक्रमहरुलाई प्रथमिक्ता दिएर बजेट निर्माण गर्न सुझाव दिइन् । 

छलफलका क्रममा गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीलगायत विभिन्न शाखाका कर्मचारीहरुले चालु आर्थिक वर्षको समग्र प्रगति तथा समस्याका बारेमा जानकारी दिए । गाउँपालिका अध्यक्ष दामोदर खनालले चालु आर्थिक वर्षमा सबै वडाबाट गाउँपालिका केन्द्र जोड्ने सडक सञ्जाल तयार भएको बताए । उनले बिशेष गरि पुर्वाधार विकासमा वन क्षेत्रले समस्या सृजना गरेको समेत बताए । यो वर्ष बाटो घाटो र बिद्युतीकरणलाई नै प्राथमिक्ता दिएर काम भएको अध्यक्ष खनालले जानकारी दिए । उनले जिल्ला समन्वय समितिबाट सहजीकरणका क्षेत्रमा थुप्रै सहयोग प्राप्त भएको र आगामी दिनमा समेत अझ बढी सहयोग र सहकार्यको अपेक्षा गरेको समेत बताए । 

त्यस्तै गाउँपालिका उपाध्यक्ष सरला बोलखेले लकडाउनका कारण थुप्रै कामहरु गर्न नसकिएको बताइन् । यसै वर्ष बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको तर लकडाउनका कारण बालमैत्रीका केहि सुचकहरुमा काम गर्न नसकेकाले घोषणा हुन नसकेको बताइन् । उनले गाउँपालिकामा बालविवाह मुल समस्याका रुपमा रहेको भन्दै यसको समाधानका लागि विभिन्न योजना बनाएर काम गरिरहेको बताइन् ।  उपाध्यक्ष बोलखेले रोजगारी सृजना हुने खालका कार्यक्रम, कृषिमा ब्याज अनुदान, पशु विमामा सहयोग कार्यक्रम, भैसी पकेट क्षेत्र प्याकेज, दुधमा एक रुपैयाँ अनुदान, टनेल खेतीमा अनुदान कार्यक्रम, निशुल्क रगत कार्यक्रम, घरघरमा एम्बुलेन्स कार्यक्रम जस्ता महत्वपुर्ण कार्यक्रमहरु यस वर्ष भएको बताइन् ।  उनले आगामी आर्थिक वर्षमा करीब ७० करोडको बजेट निर्माण हुने सकेत गरिन् । 

छलफलका क्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले गाउँपालिकाको कुल बजेट मध्ये चालु तर्फ करीब ५७ प्रतिशत र पुँजीगत तर्फ करीब २२ प्रतिशत बजेट खर्च भएको बताए । उनले कतिपय योजनाको भुक्तानी बाँकी रहेकाले  खर्च प्रतिशत असाढ मसान्त सम्ममा बढ्ने बताए । उनले यो वर्ष करीब ८० देखि ९० प्रतिशत बजेट खर्च हुने बताए । टोलीले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन समेत गरेको थियो । सो क्रममा प्रदेश सरकारको ५० लाख सहयोग र गाउँपालिकाको ५० लाखमा निर्माण भएको सडक, जिससको मौजदात कोषबाट एक करोडलागतमा निर्माण भइरहेको खानेपानी आयोजना, गौतमबुद्ध पर्यटन पार्क, निर्माणाधिन फुटबल मैदानलगायत योजनाको अनुगमन गरिएको थियो । अनुगमन टोलीमा समन्वय अधिकारी आनन्दराज पोखरेल, जिससका सदस्य देवराज रिमाल, जिससका शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो । 

     



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०