nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रहरी हिरासतमा एक जनाको मृत्यु

death-body-photo-1597229083.jpg

धनगढीमा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका –१४ फुलबारी  गाउँका अन्दाजी वर्ष ४५ को अमरबहादुर चन्द रहेका छन् ।मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलबार राति ३ बजे सीमा प्रहरी चौकी फूलबारीले चन्दलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि उनलाई प्रहरीले हिरासतमा राखेको बताइएको छ । तर, बुधबार बिहान शौचालयमा उनको मृत्यु भएको सीमा प्रहरी चौकी फुलबारीले दावी गरेको छ ।यद्यपि उनको के कति कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)