Tuesday, 1st September, 2026
वि.स.

प्रहरी पोशाकको दुरुपयोग नगर्न निर्देशन

police-1602234835.jpg

प्रहरी प्रधान कार्यालयले पोशाकको दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ ।

 कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गीतिक श्रव्यदृश्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

 प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर प्रहरी पोशाकको प्रयोग गर्नुअघि प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचारप्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाएर स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ ।

 विज्ञप्तिमा स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न उल्लेख गरीएको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif