Monday, 15th June, 2026
वि.स.

प्रहरीले भन्यो – कर्फ्यूमा जस्तो बल प्रयोग गर्नु नपरोस्

Nepal-Police-1585064470.jpg

कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयमा सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैं सचेत हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नागरिकको हितमा सरकारले निर्णय गरेकाले सबैले आफैं निर्देशन पालना गर्नु नै हितकर हुने बताए । ‘यो स्वअनुशासनको विषय पनि हो, त्यसैले यसमा कर्फ्यूजस्तो बल प्रयोग गर्नु नपरोस् भन्ने हाम्रो चाहना हो’, उनले भने ।


लकडाउनको पहिलो दिन मंगलबार नागरिकस्तरबाट सरकारी निर्णयको पालना भएको भएको पनि उनले जनाए । ‘मेरो बुझाइमा सरकारले जारी गरेको सूचनाको ९९ प्रतिशत पालना भएको छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) क्षेत्रीले अनलाइनखबरसँग भने, ‘यसका लागि नेपाल प्रहरी सर्वसाधारणप्रति कृतज्ञ छ ।’

लकडाउनको निर्णय पहिलोपटक भएकाले यदाकदा उत्सुकता र जानकारी नदिएकाले केही अवज्ञाको प्रयास भएको उनले बताए । थापाले भने, ‘त्यस्ता ६८ जना व्यक्तिलाई नियन्त्रणमा लिएका छौं यद्यपि, सम्झाइबुझाइ गरेर छाडिसकेका छौं ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०