Tuesday, 16th June, 2026
वि.स.

प्रमुख प्रशासकीय अधिकृत एक लाख ५० हजार घुससहित पक्राउ

akathyar-1595321525.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनालाई पक्राउ गरेको छ ।

आयोगको टोलीले सोमबार गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई एक लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो ।

विकास निर्माण कामको भुक्तानी दिने क्रममा प्रमुख प्रशासकीय अधिकृत जैसी र शव इन्जिनियर मोक्तानले घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा स्ट्रिङ अपरेसन गर्दा दुवै जना पक्राउ परेका हुन् ।

उनीहरू पक्राउ परेको आयोगका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले पुष्टि गरेका छन् । थप विवरण आउँदै छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०