Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

प्रधानमन्त्री रोजगार कार्यक्रमः हेर्नुहोस्, थाहाको कुन वडामा कति बजेट ?  

PMMMEEPP-1560302177.jpg

थाहा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट संचालन गर्ने योजनाको लागि प्रत्येक वडालाई बजेट विनियोजन सहित योजना माग गरेको छ । योजना यहि जेठ ३१ गतेसम्म छनोट गरेर पठाइसक्न वडालाई समयावधि तोकिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

नगरपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गरी योजना माग गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम स्वरोजगार सेवा केन्द्र थाहानगरका संयोजक सुभाष गौतमले बताए । पत्रमा योजना छनोटको आधारहरु स्पष्ट रुपमा उल्लेख गरिएको छ । कार्यविधि विपरित योजना छनोट नहोस भनेर आयोजना छनोट गर्दा ध्यान दिनूपर्ने कुराहरु उल्लेख गरेर पत्राचार गरिएको संयोजक गौतमले जानकारी दिए । 

वडाहरुले योजना छनौट गर्दा कामका लागि पारिश्रमिक अर्थात् श्रमिकको ज्याला वापतको रकम नगदै वितरण गर्ने गरी तर्जुमा र कार्यान्वयन गर्नुपर्नेछ । आयोजना छनोट गर्दा कार्यविधिमा प्राथमिकता दिइएका कार्यक्षेत्रहरुमा हुनुपर्नेछ वडालाई पठाइएको पत्रमा उल्लेख छ । कार्यक्रम अन्तर्गतका आयोजनाहरुको पूर्ण बजेट बेरोजगार व्यक्तिहरुको श्रम गरे वापतको ज्याला भुक्तानीमा खर्च गर्नुपर्ने, रोगजार आयोजना संचालन गर्दा आयोजनामा डोजर, लोडर, एक्साभेटर लगायतका सबै प्रकारका हेभी मेशिन, यन्त्र वा उपकरण प्रयोग गर्न पाइने छैन । आयोजनामा प्रयोग हुन आउने हाते औजारहरु नगरपालिकाले उपलब्ध गराउने, आयोजना कार्यान्वयन गर्दा श्रमिक समुह गठन गरी टोली प्रमुख छनोट गर्नुपर्नेछ, बेरोजगार टोली प्रमुखको जिम्मेवारीहरु कार्यविधि बमोजिम हुनेछ, रोजगार सेवा केन्द्रले खटाएको (सूचीकृत बेरोजगार) श्रमिकलाई प्रदान गरिने पारिश्रमिक बाहेक अन्य श्रमिकको ज्यालामा खर्च गर्न नपाइने उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन हुने आयोजनाको लागि प्रतिदिन श्रमिकको ज्याला जिल्ला दर रेट (दक्ष रु.८७० र अदक्ष रु.६२५) अनुसार हुनेछ, आयोजनाको नियमित प्राविधिक सुपरिवेक्षण र अनुगमन स्थानीय तहले तोकेको प्राविधिक कर्मचारीले गर्नुपर्नेछ । त्यस्तै वडा भित्र संचालन हुने रोजगार आयोजनाको सहजीकरण, समन्वय, अनुगमन र निर्देशन सम्बन्धीत वडा समितिले गरी पत्र पठाइएको छ । 

कार्यक्रम अन्तर्गतको बजेट विनियोजन गर्दा कार्यविधि अनुसार सूचीकृत बेरोजगार व्यक्तिहरुको संख्या, भौगोलिक विकटता, गरिबीको स्तर, विकास निर्माणको अन्य क्रियाकलापहरुको अवस्था, प्राकृति प्रकोपबाट प्रभावित क्षेत्र, नगर कार्यपालिकाले प्राथमिकता निर्धारण गरेको क्षेत्रलाई आधार बनाएर बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।  ।

कुन वडामा कति बेरोजगार कति बजेट ?



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg