Monday, 15th June, 2026
वि.स.

प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा सपथ

प्रदेश नम्बर ३ का प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले २ मंसिरमा नियुक्तिसङ्गै सपथग्रहण लिएकाछन् । आयोग अध्यक्षमा नियुक्त भएसङ्गै श्रेष्ठलेपद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको सिफारिस समितिको सिफारिसमा उनलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नियुक्त गरेको हो । उनलाई २ मंसिरमा एक समारोहका बिच ३ नम्बर प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथग्रहण गराएका हुन । यस अघि उनलाई २ मंसिरमै प्रदेश प्रमुखले नियुक्तिपत्र प्रदान गरेका हुन् ।

पूर्वसचिव समेत रहनुभएका श्रेष्ठलाई मुख्यमन्त्री डोरमणि पौडेल संयोजक र सदस्यहरुमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको समितिले प्रदेश लोकसेवा आयोगको अध्यक्षकालागि गत कार्तिक २७ गते सिफारिस गरेको थियो । समितिले सिफारिसपछि प्रदेश प्रमुखले उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

२०१५ सालमा लमजुङको दुराडाँडामा जन्मिनुभएका श्रेष्ठले २०४१ सालमा शाखा अधिकृतबाट निजामती सेवा शुरु गरेका हुन्। ३२ वर्ष निजामती सेवामा काम गरेका उनले श्रम तथा रोजगार मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालीसकेका छन् । 


सपथ ग्रहण कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका विभिन्न मन्त्रीहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुालललगायत विभिन्न सरकारी कार्यालयका उच्चपदस्त कर्मचारीहरुको सहभागीता थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०