Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश ३ मा सामुहिक खेती प्रणाली शुरु, मन्त्री लामाले गरे उद्घाटन

Sindhuli-1546688575.jpg

प्रदेश–३ सरकारको भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले चक्लाबन्दी सामुहिक खेती प्रणालिको शुरु गरेको छ । २१ पौषमा सिन्धुलीको दुधौली नगरपालिका वडा नं. २ २ भलुवाहीमा एक कार्यक्रमका बच प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले डोजर चलाएर सामुहिक खेती प्रणालिको उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा मन्त्री लामाले कृषिमा आधुनिकिकरण बढेपछि सुतेर नबस्न किसानहरुलाई आग्रह गरे । उनले नेपालकै माटोमा पैसा, श्रम र पसिना खर्च गर्ने बेला आएको भन्दै संमृद्ध नेपालको कल्पना कृषिबाट मात्रै सम्भव भएको बताए । श्रमको मुल्य निर्धारण र शेयरको समेत ब्यवस्था गरिने भएकाले सामुहिक खेती प्रणाली प्रभावकारी बन्ने उनको भनाई छ । सामुहिक खेती गरिने क्षेत्रको माटो समेत परिक्षण भैसकेकाले कृषि सडक, यन्त्रिकिकरण र विद्युत सिंचाई लगाएतका क्षेत्रमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री लामाले प्रतिबद्धता जनाए । सामुहिक खेतीबाट उत्पादन भएको धान, मकै,गहुँ, तोरी लगाएतका खाद्यान्नको बजारिकरणको ब्यवस्था प्रदेश सरकारले गर्ने उनको भनाई छ । कृषियोग्य भूमिको खण्डिकरण रोक्न र कृषि उत्पादनको बृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न विभिन्न योजना ल्याउने मन्त्री लामाले जानकारी दिए । 


सहकारीमा आधारित सामुहिक चक्लाबन्दी खेती पहिलो चरणमा एक सय विगाहा क्षेत्रफलमा शुरु गरिएको हो । जसमा नगरपालिका भित्रका करिब डेढसय किसान सहभागी हुनेछन् । दुधौली नगरपालिकाको आयोजना र नमुना कृषि सहकारी संस्थाको ब्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै प्रदेश सांसद लेखनाथ दाहाल, प्रदिप कटुवाल, जिल्ला समन्वय समितिका अध्यक्ष शंकर बर्मा तिवारीलगाएतले सामुहिक खेती प्रणालीमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । प्रदेशमा सामुहिक खेती प्रणालिलाई जोड दिँदै आएका कृषि मन्त्री लामाले झापा समेत पुगेर चक्लाबन्दी खेती निरिक्षण गरेका थिए । 

पछिल्लो समय किसानहरु एकीकृत खेतीतर्फ आकर्षित भएका छन । परिवारमा खेती गर्नेको संख्या घट्दै गएपछि किसान एकीकृत खेतीतर्फ लागेको कृषि मन्त्रालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रममा पनि ५ बर्षभित्र कृषिमा नेपालको ठूलो हिस्सा परिचालन गर्ने र कृषिलाई आधुनिकिकरण र वैज्ञानिकीकरण गर्दै सामुहिक खेती प्रणालीको विकास गर्ने विषय समेटिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०