Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

प्रदेश ३ प्रदेश विकास परिषदका सदस्यमा को-को परे ?

३ नम्बर प्रदेशको मन्त्रिपरिषदको बैठक आईतबार बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सरकारले प्रदेश प्रमुख अनुराधा कोईरालामार्फत जेठ १४ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । यसैगरी आईतबार नै बसेको बैठकले प्रदेश बिकास परिषदकासदस्यहरु मनोनयन गरेको छ ।

परिषदका लागि जिल्ला समन्वय समिति, स्थानिय तह, विभिन्न संघसंस्था, निजि क्षेत्रलगायत विभिन्न समुदायका क्षेत्रबाट २५ जना मनोनित गरिएको हो । परिषदमा गोपाल न्यौपाने, बिद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन, रेणु दाहाल, रजनी जोशी, कर्मु तामाङ श्रेष्ठ, भरतबहादुर केसी, अप्सरा चापागाईं, कृष्णलाल चौधरी, डा. दिनेश पौडेल, श्रीचन्द्र शर्मा, प्रताप विष्ट, भवानी राणा, डा. तिलकचन्द्र भट्टराई, दीपा बोहोरा, रघुनाथ खुलाल, कल्पना पौडेल, कुमार थापा, डा. सुनिता अमात्य, ऋषिराम घिमिरे, दिनेश श्रेष्ठ, कृष्णमान श्रेष्ठ, गिताकुमारी दाहाल, अच्युतप्रसाद पौडेल र ईश्वरचन्द्र पाख्रेललाई मनोनीत गरिएको छ । प्रदेश विकास परिषद मुख्यन्त्रीको अध्यक्षतामा गठन हुने प्रावधान छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg