nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ का मुख्य सचिव पाण्डेको सरुवा

Resmi-1533807090.jpg

प्रदेश संसद र सरकारको प्रशासनिक र भौतिक संरचनाको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्बाह गरेका तीन नम्बर प्रदेशका मुख्य सचिव रेश्मीराज पाण्डेको सरुवा भएको छ।  पाण्डेको ठाउँमा प्रधानमन्त्री कार्यालयका आनन्दराज ढकाल आउने भएका छन्। सहसचिव रहेका ढकाललाई सचिवमा बढुवा गरेर ३ नम्बर प्रदेशको मुख्य सचिव बनाइएको हो। संघीय सरकारको मन्त्रिपरिषदको बैठकले मुख्यसचिव पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेसँगै उनको ठाउँमा ढकाललाई पठाउने निर्णय गरेको हो।

 

गत भदौ १९ गते हेटौँडा आएका मुख्यसचिव पाण्डेले प्रदेश राजधानी हेटौँडामा संसद भवन, मन्त्रालयहरु, मुख्यमन्त्री तथा आवास भवनहरुको व्यवस्थापनमा मसिनो ढंगले काम गरेका थिए। उनकै समन्वयमा सरकारी भवनहरु खोजी गरी प्रदेश सरकार र संसद चलाउने हालको संरचना स्थापना भएको हो। कर्मचारीको व्यवस्थापन र परिचालनमा पनि सचिव पाण्डेले हस्तक्षेपकारी भूमिका निर्बाह गरेका थिए। आफू सरुवा भएको निर्णयबारे संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले एक वर्षे अबधिमा सरकारको संरचना तयार भएकोमा खुसी व्यक्त गरे।

उनले भने,‘मेरै कार्यकालमा प्रदेश राजधानी र प्रदेशको नाम समेत टुंग्याउन पाएको भए अझै प्रगति देखिने थियो।’ उनले भूगोल र कामको क्षेत्रका हिसावले टाढा रहे पनि ३ नम्बर प्रदेश सदैव मनमा रहने बताए।