Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

प्रदेश-२ मा एसईईका बाँकी सबै परीक्षा स्थगित

राष्ट्रिय परिक्षा बोर्डले प्रदेश-२ मा एसईईका बाँकी सबै विषयको परीक्षा स्थगित गरेको जनाएको छ। परक्षिा अघि नै विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्डले प्रदेशभरकै परिक्षा स्थगित गरेको हो।

१५ चैत्र साँझ शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गिरिराजमणि पोखरेलले अति सुरक्षित रहने प्रश्न पत्र बाहिरिनु गम्भिर भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले अनुसन्धान थालिसकेको जानकारी दिए।

‘यो अप्रिय घटनालाई हामीले आपराधिक घटनाका रुपमा लिएका छौँ। यसमा संलग्न जो कोही भएपनि कानुनमा दायरामा ल्याउन प्रतिबद्ध छौं’, मन्त्री पोखरेलले भने। विज्ञान विषयको परिक्षा भएपनि  प्रश्न पत्र बाहिरिएको सार्वजनिक भएपछि रद्ध गरिएको थियो।सामाजिक विषयको पनि प्रश्न पत्र बाहिरिएको सार्वजनिक भएपछि त्यस विषयको भने परिक्षा नै नभई स्थगित भएको थियो।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg