Tuesday, 16th June, 2026
वि.स.

प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा २ प्रहरी निलम्बन

pradesh-prahari-1597642382.jpg

 आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने २ जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुलाई निलम्बन गरेको हो । बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंग रकम लिएको भन्ने उजुरीको आधारमा निजहरु प्रारम्भिक सोधपुछ गर्दा रकम लिएको भन्ने पृष्टी भएपछि थप छानबिनको लागि उनीहरुलाई निलम्बन गरीएको हो ।

निलम्बन पर्नेमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बिर बहादुर प्रसाद यादव रहेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरु उपर थप छानबिन गर्न समिती गठन गरेको छ ।

आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०