Saturday, 20th June, 2026
वि.स.

प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा तीन जना प्रहरी निलम्बन

bpp-1611220988.jpg

 बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा द्वारा चालकसंग घुस रकम लिने तीन जना प्रहरीलाई निलम्बन गरेको छ । प्रहरीको आन्तरिक शुद्दिकरण अभियान अन्तर्गत प्रहरी कर्मचारीलाई निलम्बन गरीएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका बरिष्ठ प्रहरी उपरिक्षक मिरा चौधरीले वताइन्।

आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरीएको हो । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई यही माघ ६ गते नियन्त्रणमा लिएको थियो ।

चितवन जिल्लाको नारायणगढ, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माईक्रोबस व्यवसायीका दलालहरू मार्फत नारायणगढ पुल्चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुले पैसा लिने गरेको भन्ने प्राप्त सुचनाको आधारमा प्रहरीको संलग्नता बारेमा अनुगमन एवं अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी खटिएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०