Sunday, 14th June, 2026
वि.स.

प्रदेश तीन मन्त्रीपरिषदले पाँचवटा निर्णय गर्यो

Pradesh-3-1554882683.jpg

प्रदेश नंबर ३ को मन्त्री परिषदले पाँचवटा निर्णय गरेको छ । मन्त्रीपरिषदले बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा वाल स्वास्थ्य प्रर्वद्धनको लागि साना योजना कार्यक्रम अनुदान सम्वन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ ।

यसैगरी मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यनयन सम्बन्धी कार्यबिधि २०७५ स्वीकृत गरेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ताकैलाश प्रसाद ढुंगेलले जानकारी दिए । वारा तथा पर्सामा हावाहुरीका कारण पिडीत परिवारलाई यसअघिको मन्त्री परिषद बैठकले गरेको निणय अनुसार नगद स्वरुप प्रदेश २ सरकारको खातामा एक करोड रुपैयाँ दिने निणय गरेको छ । यसैगरी नेपाल भ्रमण बर्ष २०२० प्रबर्दन सम्बन्धी प्रदेश स्तरिय कार्यबिधि स्वीकृत गरेको छ ।