nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश–३ को विपदकोष व्यवस्थापन सञ्चालन कार्यविधि कार्यविधि पास

प्रदेश–३ को प्रदेश विपदकोष व्यवस्थापन सञ्चालन कार्यविधि, २०७५ संशोधन सहितपास भएको छ । प्रदेश विपद व्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १९ पौषमा बसेको बैठकले संसोधनसहित कार्यविधि पास गरेको हो । 

बैठकले प्राकितिक प्रकोपबाट मृत्यू भएका परिवारलाई क्षतिपूर्ति तथा अन्य धनजन क्षतिभएकाहरुलाई राहत सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा मुख्यमन्त्री पौडेलले पिडित परीवारलाई सरकारले अवस्था हेरेर सहयोग गर्ने बताए । ३ तहको सरकारबाट नै सहयोग उपलब्ध हुने भएकोले नदोहोरीने गरी राहत उपलब्ध हुने उनको भनाई थियो । 

निर्देशक समितिमा मुख्यमन्त्री अध्यक्ष, आन्तरिक मामिला तथा कानुन मन्त्री उपाध्यक्ष हुने व्यबस्था छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री, भौतिक पूर्वाधार मन्त्री, उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्री, सामाजिक विकास मन्त्री, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री, प्रदेश सभाका विपक्षी दलका नेता, प्रदेशका प्रमुख सचिब, प्रदेश नीतितथा योजना आयोगका उपाध्यक्षहरु सदस्य हुने व्यबस्था रहेको छ । 

त्यसैगरी प्रदेश सभाका सदस्य एक जना महिला सहित ३ जना, विपदका क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट एक जना महिला सहित २ जना सदस्यहुने व्यबस्था रहेको छ । आगामी बैठकबाट ५ जना सदस्यहरु मनोनितहुने समितिका उपाध्यक्ष एबम् आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । 

बैठकमा उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देबकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ सहभागी थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)