Sunday, 30th August, 2026
वि.स.

प्रदेश–३ का साग बिजेतालाई नगद पुरस्कार दिइने

प्रदेश नम्बर ३ भित्रका १३ औं दक्षिण एशीयाली खेलकुद (साग) का बिजेताहरुलाई पुरस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा २३ मंसिरमा बसेको मन्त्रीपरिषदको बैठकले जारी सागका ३ नम्बर प्रदेश भित्रका पदक बिजेता खेलाडीलाई स्वर्ण पदक बिजेतालाई  १ लाख, रजत पदक बिजेतालाई ५० हजार र कास्य पदक  बिजेतालाई २५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको हो । खेलाडिहरुलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको हो ।

यसैगरी बैठकले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । यसैगरी जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संसोधन कार्यबिधी २०७६ को स्वीकृत गर्ने, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम संचालन कायबिधी २०७६ स्वीकृत गर्नेलगायतका निर्णयहरु गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । 

यसैगरी विभिन्न अस्थायी कार्यालय तथा आयोजनाको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०