nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश–३ का प्रमुख सचिव ढकाल सरुवा, जिससमा विदाइ कार्यक्रम

प्रदेश–३ का प्रमुख सचिव आनन्दराज ढकालको एक समारोहकाबीच जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले विदाई गरेको छ ।

जिसस कार्यालयमा ४ भाद्रमा एक कार्यक्रमको आयोजना गरेर समन्वय समिति मकवानपुर परिवारले प्रमुख सचिव ढकाललाई विदाई गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरले उनलाई मायाको चिनो सहित आगामि कार्यकालको सफलताको शुभकामना सहित विदाई गरेको हो ।
विदाई कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रमुख सचिव ढकालको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना व्यक्त गरे । उनले प्रमुख सचिव ढकालले जिल्ला समन्वय समितिलाई गरेकोे सहयोगको लागि धन्यवाद दिए । 

कार्यक्रममा प्रमुख सचिव ढकालले आफले प्रदेश रकार सफल हुने गरि काम गरेको बताए । उनले जिल्ला समन्वय समितिले गरेका कामहरुको समेत प्रशंसा गरे । उनले कुनुनले दिएको अधिकार र सरकारले दिएको पैसाले मात्र काम गर्न सकिन्छ भन्ने मनस्थितीलाई जिल्ला समन्वय समिति मकवानपुरले गलत सावित गरेको बताए । प्रमुख सचिव ढकालले तीनै तहका सरकारको उद्देश्य समृद्धि नै भएको तर समृद्धि र संघीयता सफल बनाउन जिल्ला समन्वय समितिको भुमिका महत्वपुर्ण हुने बताए । तीन तहका सरकारसंगको समन्वय तथा समृद्धि र संघीयताको सफलताको लागि पनि जिल्ला समन्वय समितिको अधिकार बढाउनु पर्ने बताए । 

गत साउन २८ गते प्रदेश सचिवका रुपमा आउनुभएका ढकाल लोकसेवा आयोगमा सरुवा भएर जान लागेका हुन् । १ वर्षे कार्यकालमा प्रदेश सरकारलाई सहयोग पुग्ने काम गर्नु भएका ढकालले प्रदेशमा अन्य विभिन्न राम्रा कामहरु गरे । यस अवधिमा जिल्ला समन्वय समिति मकवानपुरले गरेको सहयोगको उनले धन्यवाद व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडाशैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायतको उपस्थिती रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)