Sunday, 30th August, 2026
वि.स.

प्रथम रणबहादुर थापा स्मृती हाजिरीजवाफ प्रतियोगिताको उपाधि तुलसी मेहरलाई

नागस्वती स्थित तासिर ईङलिस बोडिङ स्कुलमा भएको संस्थागत बिद्यालयहरुको जिल्ला स्तरिय प्रथम रण बहादुर थापा स्मृती हाजिर जवाफ प्रतियोगितामा तुलसी मेहर मेमोरियल मा बी प्रथम हुन सफल भएको छ । 

११ वटा संस्थागत बिद्यालयले सहभागिता जनाएको सो प्रतियोगितामा हेटौंडा एकेडेमी दोस्रो तथा माउन्ट एभरेष्ट कमाने तेस्रो भएको थियो, बिद्यालयका प्रधानाध्यापक हरिवोल ढकालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिद्यालयका संस्थापक तथा ७ नं।वडा अध्यक्ष राजन थापाले बिधार्थीहरुमा क्षमता अभिवबृद्रीको लागि यो प्रतियोगिता गरिएको बताए । कार्यक्रम को उद्घाटन स्वर्गीय रण बहादुर थापा कि धर्मपत्नि निरकुमारी थापाले गरेका थिए ।

 कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सो प्रतियोगितामा बिजयी समुहलाई प्रमुख अतिथि थापाले नगद शिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । गतबर्ष निधन भएका संस्थापक राजन थापाका पिताको स्मृतिमा कार्यक्रम को आयोजना गरिएको संमरक्षक निरकुमारी थापाले बताए । यस किसिमको कार्यक्रम प्रत्येक बर्ष आयोजना गरिने ताइएको छ ।

-सुशील सुवेदी, हेटौंडा 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०