Thursday, 27th August, 2026
वि.स.

प्रथम चौमासिक बित्यो अझे प्रधानमन्त्री कृषि परियोजना शुरु हुन सकेन

चालु आर्थिक वर्षको पहिलो चौमासिक वितिसक्दा पनि बहुचर्चित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका कार्यक्रम सञ्चालन नै हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भौगोलिक विकटताले गर्दा पहिलो चौमासिकमा सो कार्यक्रम सञ्चालन गर्न नसकिएको दाबी गरेको छ । 

कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले यो कार्यक्रम ल्याएको हो । मन्त्रालयले पहिलो चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना, राष्ट्रिय फलफूल विकास कार्यक्रम, खाद्य पोषण तथा प्रविधि कार्यक्रम, केन्द्रिय कृषि प्रयोगशाला कार्यक्रम, कृषि पुर्वाधार विकास तथा यान्त्रिकरण प्रवद्र्धन, व्यावसायिक कृषि तथा व्यापार आयोजनाको कार्यप्रगित सन्तोषजनक नरहेको उल्लेख गरेको छ ।

यो वर्ष धानको उत्पादन ५४ लाख मेट्रिक टन हुने अनुमान गर्दै मन्त्रालयले यसलाई मुख्य उपलब्धि भनेको छ । यस्तै तरकारी खेतीको व्यवसायिकतामा बृद्धि भएको भन्दै मन्त्रालयले ४ महिनामा आयात १६ प्रतिशतले घटेको उल्लेख गरेको छ । रसायनिक मलको सहज आपुर्ति, पुष्प खेतीमा व्यवसायिकरण, र दूध उत्पादनमा १० प्रतिशतको बृद्धिलाई उपलब्धि मानिएको छ ।

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कामको गति बढाउन मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । प्रथम चौमासिक समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले हरेक निकायलाई परिचालन गरेर कामको गति बढाउन निर्देशन दिनुभएको हो । मन्त्रालयबाट सोचेअनुसारको प्रगति हुन नसकेकोमा मन्त्री खनालको असन्तुष्टी थियो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif