Monday, 15th June, 2026
वि.स.

प्रतिनीधिसभा सांसद खतिवडा दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्नको व्यवस्था गर्दै 

Khatiwoda-1585376788.jpg

प्रतिनीधि सभा मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले आफ्नो निर्वाचन क्षेत्रका दैनिक ज्यालादारी गर्ने परिवारलाई खाद्यान्नका सामान उपलव्ध गराउनुहुने भएको छ । सांसद खतिवडाको समन्वयमा यस्तो अभियान थालेका हुन् ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन सरकारले लकडाउन गरिरहेको समयमा दैनिक मजदुरी गर्ने मजदुरका परिवार भोक भोकै बस्नुपर्ने भएकाले आफ्नो निर्वाचन क्षेत्रभरीका मजदुर परिवारलाई चामल, दाल र नुनको व्यावस्था गर्न लागेका हुन् । 

सांसद खतिवडाले आफ्नो व्यक्तिगत खर्चमा निर्वाचन क्षेत्रभरीका परिवारलाई ज्याला गर्न नपाएकै आधारमा दैनिक हातमुख जोर्नका लागि समस्या भएको भन्ने जानकारी पाएपछी खाद्यान्न वितरण गर्ने तयारी भएको हो ।मकवानपुरको थाहा नगरपालिका, मनहरी , राक्सीराङ, कैलाश, , इन्द्रसरोवर गाउँपालिका र मकवानपुर गढी गाउँपालिकाको वडाका साह्ै विपन्न गरिवारका यसअघि दैनिक ज्यालादारी गरेर हातमुख जोर्नुपर्ने बाध्यता भोग्दै आएका परिवारलाई खाद्यान्न सहयोग गर्न लागेको सांसद खतिवडाले बताए ।

मकवानपुर क्षेत्र नम्बर २ भरीका दैनिक ज्यालादारी गर्ने मजदुरलाई संघीय सांसद र पालिका प्रमुखको समन्वयमा सम्वन्धीत वडा अध्यक्षको सिफारिसमा चामल, दाल र नुन वितरण गर्ने तयारी ।

मकवानपुर क्षेत्र नम्बर २ का सांसद खतिवडा सम्वन्धीत नगरपालिका र गाउँपालिका अध्यक्षको समन्वयमा सम्वन्धीत वडा अध्यक्षको सिफारिसमा लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाएका मजदुरको लागि उनीहरुको परिवारमा रहेका सख्याका आधारमा वडा अध्यक्षले सिफारिसमा चामल, दाल र नुन वितरण गर्न लागिएको उनले बताए ।

कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछी सबभन्दा बढी मारमा दैनिक ज्यालादारी गर्ने मजदुर परिवार परेका छन् । उनीहरुको परिवारमा खानाको समस्या परेको छ । तर, प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्ने काम एकैजना व्यक्तिले आफ्नो व्यक्तिगत खर्चमा गर्नु निकै जटिल विषय बताउँदै  दैनिक ज्यालादारी मजदुर परिवारलाई लकडाउन अवधिभर खाद्यान्न वितरण गर्न लागिएको सांसद खतिवडाले जानकारी दिए ।

आम मजदुर परिवारलाई आफ्नै वडाका नजिक नजिकको पसलबाट उपलव्ध गराउनेगरी वितरण गर्न लागिएको बताउँदै सांसद खतिवडाले भभने–‘जुन मजदुर परिवारलाई कुन पसल पायक पर्छ त्यही पसलबाट मात्र खाद्यान्न वितरण गर्न लागिएको हो । यसभन्दा अघिदेखिनै दैनिक रुपमा ज्यालादारी गरेर मात्र परिवार पाल्दै आएका परिवारका लागि खाद्यान्न वितरण गर्न लागिएको छ । पहिले ज्यालादारी नगर्ने परिवारलाई भने यो सहयोग होइन ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०