Saturday, 20th June, 2026
वि.स.

प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेस

high-cote-1611309815.jpg

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेस गरेका छन् ।

प्रतिनिधि सभा विघटनको मुद्दामाथि बहसका क्रममा बिहीवार  रिट निवेदकका वकिलले प्रतिनिधि सभा विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना पेस गर्नू भनेको थियो । शुक्रबार ९आज० संवैधानिक इजलासमा सुनुवाइ सुरु भएलगत्तै खरेलले राजपत्र बुझाएका हुन् ।

रिट निवेदकहरूले इजलासमा प्रश्न उठाएपछि प्रधानमन्त्रीको कार्यालयले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरेको हो । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिन पनि सुनुवाइ भएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०