Wednesday, 2nd September, 2026
वि.स.

प्रतिनिधिसभाको अर्को बैठक चैत १० गते

p-1616149804.jpg

शुक्रबारको प्रतिनिधिसभा बैठक सकिएको छ । केही सांसदले बोलेपछि चैत १० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक सकिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले चैत १० गते मंगलबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् । 

बैठकले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको ७१ वर्षको उमेरमा चैत ४ गते राति उपचारका क्रममा असामयिक निधन भएकामा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको हो ।  

कोइराला २०५८ सालमा राष्ट्रियसभा सदस्य, २०६३ सालको पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकका रुपमा निर्वाचित सदस्य थिए। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif