Tuesday, 16th June, 2026
वि.स.

प्रचण्डका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

pcr123-1596701551.jpg

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको छ। 

बिहीबार मात्र स्वाब संकलन गरेर विध ल्याबमा परीक्षणका लागि दिइएका ५३ मध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ। 

सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षको बाहिरी घेरामा खटिने ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको हो।’ प्रचण्डको सुरक्षामा खटिने ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अन्यको स्वाब संकलनको तयारी भइरहेको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०