Tuesday, 16th June, 2026
वि.स.

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

Accident-1595129049.jpg

प्युठानमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको हो।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन। ट्याक्टरमा आठ जना सवार थिए। तीमध्ये एक जना मात्र बाँचेको पौडेलले जानकारी दिए।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ। वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०