Saturday, 20th June, 2026
वि.स.

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

petrol-1613541794.jpg

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । 

मङ्गलबार राति १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११४ रुपियाँ र डिजेल, मट्टीतेल प्रतिलिटर ९७ रुपियाँ कायम भएको छ । 

त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँ वृद्धि गरी ६७ रुपियाँ कायम भएको छ । हवाई इन्धनको अन्तर्राष्ट्रियतर्फ र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०