Saturday, 20th June, 2026
वि.स.

पूर्व मिस नेपाल खतिवडा स्नातकोत्तर गर्न विश्वकै चर्चित विश्वविद्यालय जाने

shrinkhala-1614748704.jpg

पूर्व मिस नेपाल शृंखला खतिवडाले विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्ने भएकी छिन्। अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा शृंखलाले अर्बान प्लानिङ (सहरी विकास योजना)विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन्।

हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली साटेकी छन्।उनले भनेकी छन्, ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो। कसरी व्यक्त गरुँ!’

विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको उनले भनाई छ । दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपाल नै फर्किने बताइन्।

शृंखला सन् २०१८ मा मिस नेपाल बनेकी थिइन्। उनले पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्किटेक्ट पढेकी हुन्। उनले आफ्नो ब्याचमा कलेजको उत्कृष्ट अंक ल्याई स्नातक तह पुरा गरेकी थिइन्।

उनले केही समयअघि मात्र नेपालमै ‘गाथा’नामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०