nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पूर्वमन्त्री पहाडीको कोरोनाबाट निधन

v-1620293708.jpg

कोरोना संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको भेरी अस्पतालमा उपचारकम क्रममा बिहीबार बिहान निधन भएको हो । 

उच्च रक्तचाप र मधुमेहबाट पीडित उनलाई कोरोना संक्रमित भएपछि होमआइसोलेसनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानुन राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए । उनको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)