Tuesday, 16th June, 2026
वि.स.

पुलबाट ट्रक खस्दा मकवानपुरको एक जनाको मृत्यु

accident-1591940402.jpg

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा हेटौँडाका विजय रुम्बाको मृत्यु भएको छ।चालक रहेका ३२ वर्षीय रुम्बा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो।मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नं को ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो।इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०