Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

पुलबाट ट्रक खस्दा मकवानपुरको एक जनाको मृत्यु

accident-1591940402.jpg

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा हेटौँडाका विजय रुम्बाको मृत्यु भएको छ।चालक रहेका ३२ वर्षीय रुम्बा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो।मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नं को ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो।इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg