nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पुण्यश्रीको अध्यक्षमा ठकुरी 

पुण्यश्री वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा ईश्वरी सिंह ठकुरी चयन भएकी छिन् । संस्थाको असोज २ गते भएको ९ औं वार्षिक सधारण सभाबाट उनी अध्यक्ष चयन भएकी हुन् । यो संस्था थाहा नगरको बज्रवाराहीमा छ । 
साधारण सभाको उद्घाटन नेपाल कृषि सहकारी संघका लेखा समिति संयोजक अध्यक्ष महेश्वर सुवेदीले गरेका हुन् । सुवेदी बज्रवाराहीकै स्थानीय बासिन्दासमेत हुन् । साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष सुलोचना स्याङतान विशिष्ट आतिथिको भूमिकामा थिइन् ।
पुण्यश्री सहकारीका अध्यक्ष यसोदा अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । संस्थाले आर्थिक वर्ष २०७३÷०७३मा १ करोड ९१ लख ८४ हजार ५ सय ३० रुपौया कारोबार गरेको छ ।