Tuesday, 22nd September, 2026
वि.स.

पालुङ स्वास्थ्य केन्द्रमा निःशुल्क महिला स्वास्थ्य शिविर हुने [हेर्नुहोस् सूचना]

मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क महिला स्वास्थ्य शिविर हुने भएको छ । थाहा नगरपालिका, बिङ्ग यूथ र पालुङ जेसीजको सहकार्यमा माघ ३० र फागुन १ गते निःशुल्क महिला स्वास्थ्य शिविर हुन लागेको हो । शिविरमा महिलाहरुको पाठघर खस्ने समस्याको विशेष उपचार हुने पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाले बताए । 

शिविर विहान १० देखि अपरान्ह ४ बजेसम्म संचालन हुने शिविरको सहकार्य गर्ने संस्था बिङ्ग यूथले जनाएको छ । शिविरमा सम्पूर्ण स्त्री रोग परीक्षण सेवा तथा पाठेघर खस्ने महिलाको विशेष उपचार गरिने छ । 

शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क उपचार हुनेछ भने स्वास्थ्य सम्बन्धी परामर्श र निःशुल्क औषधि पनि वितरण हुने थाहा नगरपालिकाले जनाएको छ । शिविरमा सहभागी भई निःशुल्क सेवा लिन सम्पूर्णमा पालुङ जेसीजले आग्रह गरेको छ । 


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०