Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ युवा समाजद्वारा नेपाल संवत ११३९ को उपलक्ष्यमा झण्डोत्तोलन

नेपाल संवत् ११३९ को उपलक्ष्यमा २२ कार्तिकमा थाहा नगरपालिका वडा नं. २ स्थित लाम्पाटी अगाडि नेपालको झण्डोत्तोलन गरिएको छ । पालुङ युवा समाज पालुङको आयोजनामा स्थापित १० फिट लम्बाई रहेको नेपालको झण्डा थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीले झण्डोत्तोलन गरेका हुन् । 

थाहनगरमै यति ठूलो आकारको नेपाली झण्डा सार्वजनिक स्थानमा राखिएको यो नै पहिलो रहेको युवा समाजका संजित श्रेष्ठले बताए । नेपाल संवत् राष्ट्रिय संवत् भएकोले नेपाल संवत् ११३९ को को अवसरमा राष्ट्रियता झल्काउने उद्देश्यले नेपालको झण्डा उक्त स्थानमा राखिएको श्रेष्ठले बताए । झण्डोत्तोलन गर्नु पहिले थाहा नगरपालिका वडा नं. १ ओखरबजार तथा थाहा ३ गोपाली गाउँबाट भिन्तुना ¥यालीका लागि उपस्थित भएका सहभागीहरुलाई पालुङ सम्पदा संरक्षण समितिले सगुन टीका सहित स्वागत गरेको थियो । 

झण्डोत्तोलन पछि कार्यक्रमका सहभागीहरुले थाहा २ पालुङ, थाहा १ ओखरबजार तथा थाहा ३ गोपाली गाउँबाट समेत भेला भएका नेवारी समुदायका ब्याक्तीहरु भिन्तुना मोटर साइकल ¥यालिमा सहभागी भइ थाहानगरका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । पालुङ लाम्पाटीबाट शुरु भएको मोटर साइकल ¥याली महादेव स्थान फाँटवजार डाँडागाउँ, गोपाली गाउँ, शिखरकोट दोबाटो थानाबजार हुँदै ओखरवजार शुभकामना कार्यक्रममा समापन भएको थियो । थाहा–१ ओखरबजारमा नेपाल संवत् ११३९ को उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । ओखरबजार हितकारी श्रृजनशील समुहद्धारा आयोजित सो कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेयर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । समुहका अध्यक्ष संजय प्रधानको सभापतित्वमा भएको कार्यक्रममा नगर उपप्रमुख खड्क गोपालीको विशिटट आथित्यताता रहेको थियो । 

कार्यक्रममा पालुङ ओखर बजार गोपाली गाउँ कुलगाउका नेवार समुदाएको बाजा गाजा तथा नृत्य प्रस्तुत गरिएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)