nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउद्धेश्यीयको १८औं वार्षिक साधारण सभा सकियो

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले कृषिको आधुनिकीकरणविना समृद्धि सम्भव नभएको बताएका छन् । ‘कृषिको औजारीकरण, आधुनिकीकरण तथा व्यवसायीकरणविना आर्थिक समृद्धि सम्भव छैन,’ पोखरेलेले भने ।  मुलुकमै चर्चित थाहा नगरको पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले राजनीतिक दलहरुले उठाएको आर्थिक समृद्धिको नारा कृषि क्रान्तिको माध्यमबाट मात्र पुरा हुने दावी गरे । उत्तरी मकवानपुर कृषिका लागि चर्चित रहेको उल्लेख गर्दै पोखरेलले उत्पादकत्वमा वृद्धि गरेर बजारमा पहुँच पु¥याउन सहभागीहरुलाई सुझाव दिए । 

‘तपाईंहरु किसान हुनुहुन्छ, थाहा छ तर किसान त्यो हो जो खानेकुरा किनेर खाँदैन’ उनले अगाडि परिभाषा लगाए, ‘ किसानको ‘कि’ भनेको किनेर ‘सा’ भनेको सामान र ‘न’ भनेको नखाने हो । पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको शेयर सदस्य र आर्थिक प्रगति राम्रो रहेकोमा उनले प्रशंसा गरे । र, सुझाव दिए ‘तपाईहरुले धेरै बचत संकलन गर्नुभएको छ, यो खुशीको कुरा हो, अब यसलाई उत्पादनको क्षेत्रमा लगानी गर्नुस् ।’ अहिले पालुङ बहुउेश्यीय सहकारीको नाफा करोडको अंकमा भएकोमा भोलिका दिनमा अरबको अंकमा पु¥याउन उनले शुभकामना दिए । 

‘स्थानीय क्षेत्रका सहकारीहरु सबै मर्ज गरेर अरब(खरबको कारोबार गर्नुस्, अनि उद्योगमा आधारित व्यवसाय विकासमा लगानी गर्न सकिन्छ, नाफा पनि बढी हुन्छ र आर्थिक समृद्धिले फड्को मार्छ’ पोखरेलले भने । कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरेलसहित थाहानगरपालिकाका मेयर लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, सूचना तथा संचार सहकारी केन्द्रीय संघका अध्यक्ष विष्णुहरि ढकाल, साना किसान सहकारी केन्द्रीय संघका लेखा समिति संयोजक महेश्वर सुवेदी, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सञ्चालक पार्वती राना, एमाले मकवानपुरका सल्लाहकार सदस्य राजु नापित, पत्रकार प्रताप विष्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै नेपाल रेडक्रस सोसाइटीका जिल्ला समस्य हरिकृष्ण कार्की, सहकारीहरुको तर्फबाट निरन्जन अधिकारी, शेयर सदस्यहरुको तर्फबाट मधुसूदन विष्ट, संस्थाका उपाध्यक्ष सानोभाइ कार्की लगायतले बोलेका थिए । 

साधारण सभाको अवसरमा ज्येष्ठ नागरिकहरु पालुङ ८ का ९६ वर्षीय कलखबहादुर विष्ट र पालुङ ८ का ९० वर्षीय मिनाकुमारी  बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै ज्येष्ठ नागरिक सदस्यहरुमध्ये बज्रवाराही ५ का गोविन्दप्रसाद ढुंगाना र बज्रवाराही ४ की माहिली दमाई सम्मानित भएका छन् । त्यसैगरी कृषि कर्जा कारोबार, ब्यापारिक कर्जा कारोबार, दैनिक बचत कारोबर, बिशेष बचत कारोबार, लघुवित्त कार्यक्रम, महिला सशक्तीकरण लघुवित्त सदस्य, पाको शैक्षिक छात्रवृत्ति सम्मानअन्तर्गत उत्कृष्टहरुलाई सम्मान गरिएको संस्थाका सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए ।

पालुङ बहुउद्धेश्यीयको मुनाफा २ करोड २९ लाख

पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७३/०७४ मा २ करोड २९ लाख मुनाफा गरेको छ ।  संस्थाका अध्यक्ष बिमलकुमार ढकालले गत आर्थिक वर्षमा २ करोड २८ लाख ७० हजार खुद मुनाफा गरेको बताए । 

ढकालका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा मुनाफामा झण्डै ४२ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ६१ लख ६५ हजार खुद नाफा भएको थियो ।  चाल्ु आर्थिक वर्षमा संस्थाले थप गत वर्षको भन्दा १० प्रतिशत मुनाफा बढाउने लक्ष लिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)