nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउद्देश्यीयको स्थापना दिवसमा सम्मान पुरस्कार वितरण

मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को २१ औं स्थापना दिवसको अवसरमा सहकारीले विविध सामाजिक कार्य गरेको छ । 

स्थापना खिवसको अवसरमा संस्थाका ७५ वर्ष पुरा भएका ७ जना सदस्यहरुलाई जेष्ठ सदस्य सम्मान, सुत्केरीलाई न्यानो झोला वितरण गरेको छ । त्यस्तै विविध प्रतिभाकी धनी थाहा नगरपालिका वडा नं. १ की शोभा गोपालीलाई  १५ हजारको आवधिक बचत सहकारीले राखिएको छ भने नगरमा माध्यमिक तह स्तरीय वक्तृत्वकलामा प्रथम हुने सुनौला मा.वि.का छात्रा मनिका वलामीलाई नगद ५ हजार तथा प्रमाणपत्र स्थापना दिवसकै अवसरमा वितरण गरिएको छ । प्रतियोगितामा दोस्रो तेस्रो हुनेलाई क्रमश जनकल्याण मा.वि. र पालुङ इङ्लिस बोर्डिङ स्कुलका छात्रा अस्मिता थापा र सञ्जुमाया तामाङलाई रु ३ हजार र २ हजार प्रदान गरिएको छ  ।

संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको सभाअध्यक्षतामा भएको कार्यक्रममा राधाकृष्ण बस्नेत, सहकारी संस्थाको तर्फबाट फणिन्द्र सुवेदी, नेपाली कंग्रेसका थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, नेकपा थाहानगर सहयन्चार्ज लक्ष्मण विष्ट, संस्थाका सचिव अरुण रायमाझीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

४६ जनाले गरे रक्तदान 

सहकारीले स्थापना दिवसको अवसरमा निःशुल्क स्वासथ्य परीक्षण कायृक्रम पनि सम्पन्न गरेको छ । 

सो अवसरमा सहकारीमा रक्तदान कार्यक्रम पनि भएको थियो । कार्यक्रममा ४६ जनाले रक्तदान गरेको व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए । ‘रक्तदान जीवन दान’ भन्ने नारालाई आत्मसाथ गरि थोरै पनि रगतको अभावमा कसैका पनि जीवन नजाओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेको संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीले बताए ।