Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ जेसीजले असल बैठकसम्बन्धी तालिम सञ्चालन गर्ने

Jaycees-Training-1551250773.jpg

पालुङ जेसीजले थाहा नगरका विभिन्न संघसंस्थामा आवद्ध युवाहरुलाई लक्षित गरी संसदीय बैठक प्रणाली तथा असल बैठक सञ्चालनसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । 

पालुङ जेसीजको वर्ष २०१९ को कार्ययोजना अनुसार आगामी १८ फागुन, शनिबार एक दिने असल बैठक सञ्चालनसम्बन्धी तालिमको आयोजना गर्न लागेको पालुङ जेसीज वर्ष २०१८ का उपाध्यक्ष अनिता विष्टले बताइन् । 

तालिममा जेसीजमा आवद्ध युवाहरु, विभिन्न क्लब, संघसंस्था तथा कार्यालयहरुका तर्फबाट सहभागी हुने उनले बताइन् । 

शिखरकोटस्थित होटल शंकरमा विहान ८ बजेदेखि नै शुरु हुने तालिममा सहभागीहरुलाई हेटौंडा जेसीजका पूर्व अध्यक्ष अन्जनीकुमार पराजुलीले प्रशिक्षण दिने आयोजकले बताएको छ ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०