nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसीजको होली मिलन कार्यक्रम 

54729728_1021365650271723-1553141727.jpg

फागु पूर्णिमाको अवसरमा पालुङ जेसीजले ६ चैत्रमा मकवानपुरको थाहानगरमा होली मिलन कार्यक्रम गरेको छ । लायसन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहानगरको समेत सहभागितामा कार्यक्रम गरिएको हो । 

थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उहाँले होलीले सबैलाई एकता र सद्भावको सन्देश दिएको बताउँदै यसलाई मौलिक पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिए । पालुङ जेसीजका अध्यक्ष कुमार नेगीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, लायन्स क्लब अफ पिस थाहाका अध्यक्ष श्रीराम कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरु भरत गोपाली, सुरेन्द्रमान प्रधान, अञ्जल प्रधान लगायतको सहभागिता थियो । 

पालुङ जेसीजका महासचिब मनोज रायमाझीले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक दीपा बलले स्वागत गरेकी थिइन । कार्यक्रममा संस्थापक अध्यक्षले सहभागीहरुलाई टीका लगाएर होली मिलनको शुभारम्भ गर्नुभएको थियो । पूर्व अध्यक्ष अञ्जल प्रधानले सहभागीहरुलाई केही थान टिसर्ट उपलब्ध गराएका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)