Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

पालुङ क्याम्पस स्ववियु चुनावः ९६ मत खस्यो, जित आ–आफ्नै पक्षमा भएको दाबी, मध्यान्ह १२ बजेबाट मतगणना शुरु हुने

स्वतन्त्र विद्यार्थी युनियनको लागि पालुङ बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा ९६ मत खसेको छ । १८ फागुनमा विहान साँढुसात बजेबाट शुरु भएको मतदान ११ बजेसम्म भएको थियो । मत गणना मध्यान्ह १२ बजेबाट शुरु गरिने क्याम्पसले जनाएको छ । पालुङ बहुमुखी क्याम्पसमा १०२ मतदाता रहेका थिए ।

मतदान पश्चात् प्रमुख दुई प्यानलले जित आ–आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । पालुङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि तीन जनाको प्रतिस्पर्धा छ । अध्यक्षका लागि उमेद्वारी दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको तर्फबाट सुरुचि शाह, नयाँ शक्ति र नेकपा एमाले निकट विद्यार्थी संगठनको संयूक्त प्यानलको तर्फबाट गणेश खत्री र नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेस निकट विद्यार्थी संठनको संयूक्त प्यानलको तर्फबाट मुकेश गोलेकोे उमेद्वारी परेको हो ।

१८ फागुनमा हुने निर्वाचनमा राप्रपाको तर्फबाट शाहले अध्यक्षका लागि उमेद्वारी दिएकी छिन् भने अरु कुनै पनि पदमा उमेद्वारी परेको छैन । त्यस्तै नेकपा एमाले र नयाँ शक्तिको संयूक्त प्यानलको तर्फबाट अध्यक्षमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का तर्फबाट अध्यक्ष, सचिव नयाँ शक्तिको तर्फबाट कमल विष्ट, कोषाध्यक्ष (अनेरास्ववियु)को तर्फबाट कृति लो, त्यस्तै प्रत्यक्ष तर्फ सदस्यहरुमा (अनेरास्ववियु)का सुस्मिता ढकाल, विकेश गोपाली र नयाँ शक्तिबाट सरस्वती सिन्तानको संयूक्त प्यानलको तर्फबाट उमेद्वारी रहेको छ । 

त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेस निकट विद्यार्थी संगठनको संयूक्त प्यानलबाट अध्यक्षमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका मुकेश गोले छन् भने संयूक्त प्यानलबाट सचिवमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ सञ्जिता गोपाली, कोषाध्क्षमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन छैठौंबाट कविता विष्ट, प्रत्यक्ष तर्फ सदस्यमा क्रान्तिकारीका आयुष वि.क., छैठौंका रजनी कार्की र नेपाल विद्यार्थी संघको तर्फबाट ललिता कुमारी अर्यालको उमेद्वारी छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg