nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसमा स्ववियु निर्वाचन तालिका सार्वजनिक, १९ फागुनमा संगठन दर्ता गर्नुपर्ने

pmc-1677756266.jpg

पालुङ बहमुखी क्याम्पसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)  निर्वाचनको कार्यक्रम तालिका प्रकाशन गरेको छ । 
 

निर्वाचन अधिकृत कुमार नेगीका अनुसार १९ फागुनमा संघ÷संगठन दर्ता गर्ने, २१ फागुनमा मतदाता सूची प्रकाशन गर्ने, २५ फागुनमा मतदाता सूचीउपर दाबी विरोध गर्ने तथा मतदाता सूचीउपर दाबी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्णय गरिएको छ । 

त्यसैगरी २६ फागुनमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ उमेदवारको लागि मनोनयन पत्र वितरण गर्ने, २७ फागुनमा उमेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने र प्रत्यक्षतर्फको उमेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । 

२८ फागुनमा उमेदवारको नामावलीउपर दाबी विरोध गर्ने तथा दाबी विरोधउपर छानविन गरी उमेदवारको नामावली प्रकाशन गर्ने, २९ फागुनमा उमेदवारको नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ ।     

मतदान कार्यक्रम ५ चैतमा विहान ८ बजेदेखि दिनको ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
यसैबीच निर्वाचन समितिले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई भेला गरी निर्वाचन तालिकाबारे जानकारी गराउँदै निर्वाचनसँग सम्बन्धित विषयमा निर्वाचन शिक्षा प्रदान गरेको छ । 
 

विद्यार्थीहरुलाई मतदाता नामावलीसम्बन्धी व्यवस्था, उमेदवार मनोनयनसम्बन्धी व्यवस्था, विर्वाचन प्रणाली र निर्वाचित हुने पद तथा सङ्ख्या र मतगणना सम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराइएको क्याम्पस प्रमुख राजन मिश्रले बताए । सो कार्यक्रममा निर्वाचन अधिकृत कुमार नेगीले निर्वाचन आचार संहिताको बारेमा समेत जानकारी गराएका थिए । 

संगठन दर्ता गर्न आह्वान
यसैबीच निर्वाचन समितिले  १९ फागुनमा विहान ७ बजेदेखि दिनको २ बजेभित्र निर्वाचन प्रक्रियाको लागि क्याम्पसमा नाम दर्ता गराउन संघ, संगठन, समूहलाई आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ मा तोकिएको मिति र समयभित्र दर्ता नभएका संघ, संगठन वा समूहको उमेदवारीलाई मान्यता नदिइने उल्लेख गरिएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)