nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसमा सर्वसम्मत, अध्यक्षमा पुनः विष्ट

FB_IMG_1676649924826-1676651850.jpg

पालुङ बहुमुखी क्याम्पसकाे अध्यक्षमा पुनः विष्णुवहादुर  विष्ट निर्वाचित भएका छन्  । ५ फागुनमा सम्पन्न परिषद भेलाले विष्टलाई सर्वसम्मत् अध्यक्ष चयन गरेकाे हाे ।

निर्वाचन समिति संयाेजक  उमेश श्रेष्ठका अनुसार परिषद भेलाले ११ सदस्यीय क्याम्पस संचालक समिति निर्विरोध चयन गरेको छ ।

सदस्यहरुमा सहदेव ढकाल,सरोज कुमार खनाल,सगुन कुमार ढकाल, रिता प्रधान,जुजुभाइ प्रधान, केदार कार्की, सुरेन्द्रमान प्रधान, बिमलकुमार ढकाल, सुदर्शन कार्की र मनोज अधिकारी रहेका छन् । समितिले उपाध्यक्ष र काेषाध्यक्ष पछि  निर्वाचित गर्नेछ ।

नवनिर्वाचित संचालक समितिको पहिलो बैठक ९ फागुनमा  बस्नेछ ।